फ्रान्सेली राजदूतलाई नाइजरमा बन्धक बनाइयो : म्याक्रों

नेपालभ्युज

फ्रान्सेली राजदूतलाई नाइजरमा बन्धक बनाइयो : म्याक्रों

पेरिस । नाइजरका लागि फ्रान्सेली राजदूतलाई बन्धक बनाइएको पाइएको छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले शुक्रबार देशको गोल्डेन कोस्ट क्षेत्रको भ्रमणका क्रममा पत्रकारहरूलाई नाइजरस्थित फ्रान्सेली राजदूत र अन्य फ्रान्सेली कूटनीतिज्ञहरूलाई फ्रान्सेली दूतावासमा बन्धक बनाइएको बताएका हुन् ।

गत जुलाई २६ मा जन निर्वाचित राष्ट्रपति मोहम्मद बजौमलाई अपदस्थ गरी देशको सेनाले नाइजरको सत्ता आफ्नो हातमा लिएपछि त्यसलाई फ्रान्सले अस्वीकार गर्दै राष्ट्रपतिलाई निःशर्त हिरासतमुक्त गरेर पुनर्स्थापना गर्नुपर्नेमा जोड दिँदै आएको छ ।

विद्रोही नयाँ सैन्य नेतृत्वसँगको मतभेदका कारण राजदूतसहित कूटनीतिक कर्मचारी बन्धक बनेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved