यामाहा फेस्टिभ सेलिब्रेसन विथ रोडिज पावर अफ फाइभ

नेपालभ्युज

यामाहा फेस्टिभ सेलिब्रेसन विथ रोडिज पावर अफ फाइभ

काठमाडौं। यामाहा फेस्टिभ सेलिब्रेसन विथ रोडिज पावर अफ फाइभ चाडपर्वको नजिकिँदै गर्दा नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले ‘यामाहा फेस्टिभ सेलिब्रेसन विथ रोडिज पावर अफ फाइभ’ उपहार योजना सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार यस योजनासँगै दशैं, तिहार तथा छठ पर्वलाई अविस्मरणीय बनाउने तयारी गरिरहेको छ । यो चाडपर्वको सिजनमा यमाहा मोटरसाइकल र स्कुटर मार्फत स्पोटिनेस,स्टाइल/एक्साइटमेन्ट ल्याइरहेको कम्पनीले जनाएको छ ।

यामाहाको उत्पादन खरिद गर्नु केवल यातायातको एक माध्यम मात्र प्राप्त गर्नु नभई तर दीर्घकालसम्म राइडिङको आनन्दलाई पुनः परिभाषित गर्नु रहेको कम्पनीको भनाइ छ । यामाहा फेस्टिभ सेलिब्रेसन विथ रोडिज पावर अफ फाइभ योजनाअन्तर्गत, यामाहाको कुनैपनि स्कुटर खरिद गर्दा ६ हजार देखि १ लाख रुपैयाँसम्मको र बाइक खरिद गर्दा ८ हजारदेखि १ लाख सम्मको स्योर–सट क्यासब्याक, लक्की ड्र द्वारा दैनिक यामाहा राइडिङ ज्याकेट, आईफोन–१४ को साप्ताहिक उपहार, र प्रत्येक महिना भाग्यशाली विजेताले जापान जाने मौकासमेत पाउनेछन् ।

एमएडब्लू टू ह्विलर्स डिभिजनका सीईओ राजु क्षेत्रीले भने, ‘यामाहा फेस्टिभ सेलिब्रेसन विथ रोडिज पावर अफ फाइभ’ योजना प्रस्तुत गर्न पाउँदा खुसी छौं, यसचाडपर्वको सिजनमा, हामीले हरेक राइडलाई असाधारण बनाउन र हाम्रा ग्राहकहरूको जीवनमा जादूको स्पर्श थप्ने लक्ष्य राखेका छौं । यामाहा सधैं स्पोर्टिनेस्, स्टाइल र एक्साईटमेन्टको पर्यायवाची रहेको छ, र यो योजना त्यही अनुभवलाई बढाउन डिजाइन गरिएको हो ।’

यो अफर यामाहाका सबै बाइक र स्कुटरहरूमा लागू हुने तथा देशमा रहेका यामाहाका सबै आधिकारिक सोरूमहरूमा उपलब्ध हुने छ । यामाहा फेस्टिभ सेलिब्रेसन विथ रोडिज पावर अफ फाइभ योजनाले नेपालभर चाडपर्वको उत्साहलाई अझै हर्षमय बनाउने लक्ष्य राखेको छ । यामाहा सिजन २ देखि नै हिमालय रोडिजको साझेदार रहँदै आएको छ ।

स्योर सर्ट क्यासब्याक, दैनिक यामाहा राइडिङ ज्याकेट, आईफोन १४ को साप्ताहिक उपहार, र प्रत्येक महिना जापानको यात्रालगायत विभिन्न अफरहरूसहित, यो योजना ग्राहकलाई अधिकतम लाभ दिनको लागि डिजाइन गरिएको हो । यी उपहारका साथै ग्राहकले यामाहाका मोटरसाइकल तथा स्कुटरहरू एजी फाइनान्समा पनि लिन सक्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved