नेपाल-इटाली व्यापार सम्बन्धलाई प्रगाढ बनाउँदै एनआईसीसीआई

नेपालभ्युज

नेपाल-इटाली व्यापार सम्बन्धलाई प्रगाढ बनाउँदै एनआईसीसीआई

काठमाडौँ । नेपाल इटाली चेम्बर अफ कमर्स (एनआईसीसीआई)को इटालीमा सम्पन्न ऐतिहासिक बैठकले नेपाल–इटाली व्यापार सम्बन्धलाई थप प्रगाढ बनाउनमा मद्दत पुर्‍याएको छ । बैठक नेपाल र इटालीबीच व्यापारिक र सांस्कृतिक सम्बन्ध निर्माण र विस्तारमा केन्द्रित  थियो ।

एनआईसीसीआईका अध्यक्ष सञ्जय अग्रवालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल रोम र मिलानको भ्रमणमा गएको थियो । भ्रमण भदौ १७ गतेदेखि २३ सम्म भएको थियो ।

नेपालले रोम चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री र मिलान चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीसँग गरेको यो नै पहिलो भेट मानिन्छ । दुवै इटालियन संस्था व्यावसायिक सहयोगका लागि प्रख्यात छन् ।

भेटमा रोमस्थित नेपालका लागि सम्मानित महावाणिज्यदूत पाओलो नुगारीसँग छलफल भएको थियो । उनले इटाली सरकारले एनआईसीसीलाई मान्यता दिलाउन सहयोग गर्ने प्रतिज्ञासमेत गरे ।

नेपालको एक निजी संस्थाद्वारा मिलान चेम्बर अफ कमर्स (प्रोमोस इटालिया)सँगको पहिलो बैठकमा विभिन्न रूपमा एनआईसीसीलाई सहयोग गर्न आफ्नो प्रयास रहने बताइएको छ ।

ऐतिहासिक भेटवार्तासँगै नेपाल र इटालीबीचको सम्बन्धको आधिकारिक सुरुवातको रूपमा एनआईसीसीआईका लागि इटालियन बिजनेस ल्यान्डस्केपको ढोका खुला भएको छ । साथै एनआईसीसीआईले दुई राष्ट्रबीचको व्यापारिक सहकार्य र अवसरहरूको नयाँ युगको सुरुवात गर्न तयार रहेको जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved