धरान खानेपानी बोर्डको डिजिटल भुक्तानी आइएमई पेबाटै गर्न सकिने 

नेपालभ्युज

धरान खानेपानी बोर्डको डिजिटल भुक्तानी आइएमई पेबाटै गर्न सकिने 

काठमाडौँ । धरान खानेपानी बोर्डको बिल भुक्तानी आइएमई पे एपबाट गर्न सकिने भएको छ । खानेपानीको बिल भुक्तानी डिजिटल माध्यमबाट सजिलै गर्न सकिने गरी धरानवासीको लागि उक्त स्किम सञ्चालनमा ल्याएको हो ।

‘आइएमई पे’को ‘किन लाइन बस्ने, मोबाइल बाटै तिर्ने’ अफरमार्फत आइएमई पेका सेवाग्राहीले खानेपानीको बिल भुक्तानी गर्ने क्रममा प्रोमो कोड “धबतभच” प्रयोग गरी १०० रुपैयाँसम्म छुट पनि प्राप्त गर्न सक्नेछन् ।

यस सुविधाले धरानका बासिन्दालाई लामो लाम बस्न पर्ने झन्झटबाट मुक्त गराइ उपमहानगरलाई डिजिटलाइजेसनमा जान सहायता पुर्‍याउने आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले जनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved