मिड सोलुको आईपीओ खुल्यो

नेपालभ्युज

मिड सोलुको आईपीओ खुल्यो

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले आजदेखि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले ६ लाख २१ हजार १७२ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरेको  हो ।

कम्पनीले सामूहिक लगानी कोषका ३७ हजार ४२० कित्ता र  कर्मचारीहरूका लागि १४  हजार ९६८ कित्ता सेयर छुट्याएको छ ।

उक्त आईपीओमा न्यूनतम १० देखि १० हजार कित्ताका लागि आवेदन दिन सकिने कम्पनिले जनाएको छ  । कम्पनिका अनुसार  निष्कासन बन्द छिटोमा असोज १ गते हुनेछ ।

उक्त अवधिमा माग बमोजिम आवेदन नपरे ढिलोमा असोज ११ गतेसम्म आवेदन खुला रहने कम्पनिले जनाएको छ ।

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरिसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved