एभरेष्ट बैंकको लाभांश घोषणा, नगद र बोनस कति ? 

नेपालभ्युज

एभरेष्ट बैंकको लाभांश घोषणा, नगद र बोनस कति ? 

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले आफ्नो लाभांश घोषणा गरेको छ । कम्पनीले भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकबाट आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।

बैंकले हाल कायम चुक्ता पुँजी १० अर्ब ६९ करोड ८० लाख ९४ हजार ४३६ रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर सहित १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरी कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात् मात्र सेयरधनीहरुलाई वितरण गरिनेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved