बुबाको मुख हेर्ने दिनलाई लक्षित ‘आईएमई पे’ले ल्यायो ‘कमेन्ट एन्ड विन’ अफर

नेपालभ्युज

बुबाको मुख हेर्ने दिनलाई लक्षित ‘आईएमई पे’ले ल्यायो ‘कमेन्ट एन्ड विन’ अफर

काठमाडौं । ‘आइएमई पे’ ले बुबाको मुख हेर्ने दिनलाई लक्षित गरी ‘कमेन्ट एन्ड विन’ अफर ल्याएको छ । ‘आइएमई पे’ ले यो अफरलाई ‘मेमोराइज विथ फादर : सेयर द जोय’ नाम दिएको छ।

२६ भदौदेखि २८ भदौसम्म लागु हुने अफरमा सेवाग्राहीले आईएमई पेको फेसबुक पेजमा रहने ‘बुबाको मुख हेर्ने दिन’ सम्बन्धित पोस्टमा गएर आफू र आफ्नो बुबाको मिठा, रमाइला र यादगार पलहरूलाई समेटेर कमेन्ट लेख्ने र #babarama पनि राखेर पोस्ट गर्नुपर्नेछ ।

सो कमेन्टहरू मध्ये सबैभन्दा उत्कृट(रोमाञ्चाक तथा भावुक) कमेन्ट गर्ने १० जना भाग्यशाली विजेता छनोट गरिने छ ।

विजेताहरूलाई ह्युमन फिटको ५ हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर उपहारस्वरूप प्रदान गरिने आईएमई पेले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved