बर्जर पेन्ट्स नेपालद्वारा ‘बर्जर हाम्रो घर हाम्रो शान’ को शुभारम्भ

नेपालभ्युज

बर्जर पेन्ट्स नेपालद्वारा ‘बर्जर हाम्रो घर हाम्रो शान’ को शुभारम्भ

काठमाडौं। बर्जर जेन्सन एन्ड निकोल्सन (नेपाल) प्रालिले नयाँ उपभोक्ता योजना ‘बर्जर हाम्रो घर हाम्रो शान’ ल्याएको छ। दशैं र तिहारको उल्लासमय पर्वहरूमा थप रौनक थप्न ल्याइएको सो योजना आफ्नो घरको सौन्दर्यता अभिवृद्धि गर्न केन्द्रित रहेको कम्पनीले बताएको छ।

यस योजनाअन्तर्गत एकजना भाग्यशाली विजेताले ५ लाखको बम्पर पुरस्कार प्राप्त गर्नुका साथै थप तीनजनाले जनही १ लाख र अन्य दशजनालाई दश हजार नगद पुरस्कार प्राप्त गर्ने बताइएको छ।

यसबाहेक यो योजनाले घरधनीहरूलाई इन्टेरियर डिजाइनरबाट निःशुल्क परामर्श सेवाहरू प्राप्त गराई विज्ञको सल्लाहअनुसार आफ्नो घर श्रृंङ्गार गर्ने अवसर प्रदान गर्ने बताइएको छ। साथै, डिजिटल प्रतियोगितामा भाग लिई सय उत्कृष्ट घरधनीहरूले आफ्नो घरको सुन्दर तस्बीर सेयर गरेर जनही २५ हजारको नगद पुरस्कार प्राप्त गर्ने मौका पाउनेछन्।

यो योजना बर्जर सिल्क ब्रिद इजी, सिल्क ग्ल्यामर, सिल्क लक्जरी, वेदरकोट लङ लाइफ, वेदरकोट अल गार्ड फ्लेक्सो र वेदरकोट अल गार्डजस्ता सीमित बर्जर उत्पादनहरूमा मात्र लागू हुनेछ।

घरधनीहरूले यस योजनाको बारेमा विस्तृत जानकारीको लागि नजिकैको बर्जर डिलरहरूसँग सम्पर्क गर्नसक्ने कम्पनीले बताएको छ।

नेपाली बजारमा उत्कृष्ट उत्पादनहरू पुर्‍याउने निरन्तर समर्पणको परिणामस्वरूप यो चाडपर्वको माहोलसँगै कम्पनीले ‘वेदरकोट अल गार्ड फ्लेक्सो’, नयाँ बाहिरी इमल्सन पेन्ट बजारमा ल्याएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved