यस्तो छ परिणीति चोपडा र राघव चड्ढाको विवाहको तयारी

नेपालभ्युज

यस्तो छ परिणीति चोपडा र राघव चड्ढाको विवाहको तयारी

एजेन्सी । बलिउड अभिनेत्री परिणीति चोपडा र आप पार्टीका नेता राघव चड्ढाको भव्य विवाह समारोहका लागि तयारी धुमधामसँग चलिरहेको छ ।

खबरअनुसार नोभेम्बरमा नभएर यही महिना सेप्टेम्बरमै अभिनेत्री परिणीतिको विवाहको तयारी भइरहेको छ । यसअघि दुबैले मई महिनामा दिल्लीको कपुरथला हाउसमा धुमधामसँग जनैसुपारी गरेका थिए ।

खबरअनुसार दुबैको विवाह भने राजस्थानको उदयपुरमा डेस्टिनेशन वेडिंग गर्दैछन् । यसका लागि उदयपुरको होटल लीला प्यालेस र द ओबरोय उदयविलासलाई बुक गरिएको छ । जबकी रिसेप्शन पार्टीका लागि हरियाणा पन्जाबको राजधानी चन्डीगढमा होटल ताज बुक गरिएको छ ।

विभिन्न भारतीय मिडियामा आएको रिपोर्टअनुसार यही सेप्टेम्बर २३ र २४ मा विवाह सम्पन्न हुनेछ । राघव र परिणीतिको विवाह भव्य तथा आलिसान शाही प्यालेसमा हुन गइरहेको छ ।

उनीहरुको विवाह हुने लीला प्यालेस एउटा आलीसान तथा विलासी रिसोर्ट मानिन्छ । जहाँ बस्नका लागि एक रातको मूल्य ३० हजार भारतीय रुपैंया देखि लिएर ९ लाख सम्म पनि छ । यो होटेल स्थिति स्थान पनि एकदमै सुन्दर छ ।

त्यस्तै उनीहरुकै विवाहका लागि भनेर उदयपुर स्थित अर्को होटेल ‘द ओबरोय उदयविलास’ लाई पनि बुक गरिएको छ । जहाँ विवाहका लागि आउने पाहुनाका लागि बस्ने व्यवस्था मिलाइएको छ ।

यो पनि एकदमै सुन्दर र आलीशान होटेल हो । खबरअनुसार उनीहरुको विवाहमा करीब २ सय भन्दा बढी पाहुना उपस्थित हुन सक्ने अनुमान गरिएको छ । जसमध्ये ५० जना भीभीआईपी हुनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved