जेन दीपिका ग्यारेट बनिन् एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३

नेपालभ्युज

जेन दीपिका ग्यारेट बनिन् एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३

काठमाडौं । मिस जेन दिपिका ग्यारेट एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३ को ताज पहिरिन सफल भएकी छिन् । काठमाडौंको गोदावरी सनराइज सम्मेलन केन्द्रमा शनिबार आयोजित फिनालेमा २१ प्रतिस्पर्धीलाई पछि पार्दै उनले यो उपाधि आफ्नो नाममा लेखाएकी हुन् ।

प्रतियोगितामा मिस गरिमा घिमिरे, मिस बुद्धिसारा सुनार, मिस शिताश्मा पोखरेल र मिस अभिलाषा लम्साल क्रमशः द्वितीय, तृतीय, चौथो र पाँचौं स्थान ओगट्न सफल बनेका छन् ।

साथै, एसियन पेन्ट्सले प्रतियोगिताको अन्तिम चरणमा रोयल ब्लिङ मिस ड्याजलिङ डिभा र रोयल प्ले मिस क्रिएटिभ क्यानभासको टाइटल पुरस्कार पनि प्रदान गरेको थियो । रोयल ब्लिङ मिस ड्याजलिङ डिभाको टाइटल मिस शिताष्मा पोखरेलले र रोयल प्ले मिस क्रिएटिभ क्यानभासको टाइटल डा. अमिसा बस्नेतले जितेका छन् ।

मिस युनिभर्स नेपाल २०२३ की विजेता मिस जेन दीपिका ग्यारेटलाई एसियन पेन्ट्स नेपालका कन्ट्री डाइरेक्टर जि. गोपालकृष्णनले पुरस्कार प्रदान गरेका छन् ।

मिस युनिभर्स नेपालसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै सो समारोहमा उनले भने, ‘एसियन पेन्ट्समा हामी जिन्दगी र स्थानहरूमा रङ्गहरूले ल्याउने परिवर्तनलाई विश्वास गर्दछौं । मिस युनिभर्स नेपाल २०२३ को मुख्य प्रायोजक भएर हामीले केवल बाहिरी सौन्दर्यको नभई आन्तरिक सिर्जना र स्टाइलको पनि उत्सव मनाउने लक्ष्य राखेका छौं ।’

मिस युनिभर्स नेपालको एक मुख्य सौन्दर्य प्रतियोगिता हो, जसले बुद्धि, सौन्दर्य र नेतृत्वको उत्सव मनाउन चाहन्छ । यो प्रतियोगिताले युवतीहरूलाई प्रतिभा प्रष्फुटन गर्ने मञ्च प्रदान गर्नुका साथै अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रतिनिधित्व गर्ने अवसर दिने र समाजमा एक सकारात्मक प्रभाव छाड्ने आयोजकको विश्वास छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved