यो हो संसारकै सबैभन्दा महँगो रूख

नेपालभ्युज

यो हो संसारकै सबैभन्दा महँगो रूख

एजेन्सी । संसारमा धेरै त्यस्ता रूख छन् जसको उपयोग हामीले कैयौं प्रकारका चिज बनाउनका लागि प्रयोग गर्छौं । यिनका मूल्य पनि एकदमै धेरै हुने गर्छन् । तर, के तपाईंले थाहा पाउनुभएको छ, संसारकै सबैभन्दा महँगो रूख कुन होला ? आज हामी तपाईंलाई यही विषयमा जानकारी दिनेछौं ।

यो रूखको मूल्य यति धेरै महँगो छ कि, त्यो किन्ने पैसाले तपाईं कैयौं महँगा गाडी र घर पनि किन्न सक्नुहुन्छ । यो रूखलाई जिउँदो राख्न एकदमै मुस्किल हुन्छ । यो जापानमा पाइन्छ जसको नाम सेतो पाइन बोनसाई हो ।

बोनसाई एउटा सानो रूख हुन्छ जसको मूल्य केही हजारदेखि लिएर करोडौंसम्म हुने गर्छ । यो रूखको उचाइ लगभग २ फिटको मात्रै हुने गर्छ । यस्ता रूखलाई एउटा सानो भाँडोमा लगाउन सकिन्छ । बोनसाई रूखले न त फल दिन्छ न त यसको काठ कुनै काममा उपयोग हुने गर्छ । बोनसाई रूखलाई एउटा कला वा चित्र जस्तै हेर्ने गरिन्छ । साथै, यो सजावटका लागि मात्र प्रयोग हुन्छ ।

जापानको हिरोसिमामा एउटा ४०० वर्ष पुरानो बोनसाईको रूख छ । जुन विश्वकै सबैभन्दा महँगो रूख हो । यस्ता रूखहरू यति महँगा किन हुन्छन् भने यो रूख जति पुरानो हुन्छ त्यति यसको मूल्य पनि बढ्दै जान्छ । यद्यपि, यी रूखहरूलाई जिउँदो राख्न पनि एकदमै समस्या हुन्छ ।

केही समयअघि जापानको ताकामात्सुमा भएको एक अन्तर्राष्ट्रिय बोनसाई सम्मेलनमा उक्त ४०० वर्ष पुरानो बोनसाई रूखलाई करिब नेपाली १४ करोड रुपैयाँमा खरिद-बिक्री गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved