शिल्पा शेट्टीको फिल्मी करिअरकै पहिलो कार्यशाला

नेपालभ्युज

शिल्पा शेट्टीको फिल्मी करिअरकै पहिलो कार्यशाला

एजेन्सी । विगत केही समयदेखि बलिउडका पुराना कलाकार पनि आफ्नो भाग्य फेरि फिल्ममा चम्काउन लागि परिरहेका देखिन्छन् । त्यस्तै, अभिनेत्री शिल्पा शेट्टी पनि आफ्नो सम्पूर्ण दम लगाएर मैदानमा उत्रिएकी छन् ।

उनको हालसालैको फिल्म ‘हंगामा २’ ले त्यति राम्रो प्रदर्शन गर्न नसके पनि नयाँ फिल्म ‘सुखी’ का लागि भने उनी एकदमै विश्वस्त देखिन्छन् । फिल्मको ट्रेलर रिलिज भएको छ । फिल्ममा शिल्पा शेट्टी एक यस्ती महिलाको भूमिका निर्वाह गरिरहेकी छन् जो आफ्नो व्यस्त जीवनबाट मुक्त हुने फैसला गर्छिन् ।

फिल्म ‘सुखी’ छान्नुको कारण के हो भनेर सोधिएको प्रश्नमा उनले भनिन्, “पहिला म यो फिल्म नगर्ने सोचिरहेकी थिएँ । निर्देशक शिखा शर्मा र निर्माता विक्रम मल्होत्राले मलाई जब पहिलोपटक सम्पर्क गर्नुभयो फिल्ममा कोही अरुलाई लिने सुझाव दिएँ । मैले स्वयम् तीन चार जना अन्य अभिनेत्रीको नाम सुझाव दिएँ । तर, शिखा शर्मा र विक्रम मल्होत्राले यस फिल्मको निर्माण मलाई लिएर गर्न चाहनुहुन्थ्यो । तर, त्यतिबेला मेरो दिमागमा अरु केही नै चलिरहेको थियो ।”

फिल्म सुखीमा शिल्पा शेट्टी आठ महिनापछि काम गर्नका लागि तयार भइन् । उनले भनिन्, “म कतै बाहिर थिएँ र एक दिन मेरो श्रीमानको फोन आयो र भन्नुभयो कि के तिमी पागल छौं जो यस्तो फिल्म नगर्ने सोचेकी छौ ?” खासमा शिल्पाले उक्त फिल्मको स्क्रिप्ट आफ्नो टेबलमा छोडेकी थिइन् जसलाई राज कुन्द्राले पढे त्यसपछि उनलाई कथा मन पर्‍यो र शिल्पालाई उक्त फिल्म गर्न सुझाव दिएका थिए ।

फिल्म सुखीको बारेमा कुरा गर्दे शिल्पाले यस्तो फिल्म आफूले फिल्मको ३० वर्षको यात्रामा कहिल्यै नगरेको पनि बताइन् । फिल्म सुखीमार्फत् शिखा शर्मा पहिलोपटक निर्देशन क्षेत्रमा पाइला राख्दैछन् । त्यसैले, उनले कार्यशाला गर्न चाहन्थिन् । जसलाई मन पराउँदै शिल्पा शेट्टीले आफ्नो फिल्मी करिअरको ३० वर्षमा पहिलोपटक यस्तो कार्यशाला राखेको बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved