महेश बाबु श्रीमती नम्रताभन्दा कति कान्छा छन् ?

नेपालभ्युज

महेश बाबु श्रीमती नम्रताभन्दा कति कान्छा छन् ?

एजेन्सी । बलिउड तथा साउथमा त्यस्ता धेरै जोडी छन्, जहाँ महिला पुरुषभन्दा धेरै साना छन् । तर यहीँ यस्ता जोडी पनि छन् जसमा पुरुषभन्दा महिला उमेरमा जेठा छन् । त्यस्तै जोडी हुन् नम्रता र महेश बाबु, जसमा नम्रता महेश भन्दा जेठी छन् ।

भारतीय सिनेमाका दमदार जोडीमा महेश बाबु र नम्रता शिरोडकरको नाम आउँछ । यसैगरी उनीहरुको चर्चा उमेरलाई लिएर पनि हुने गर्छ ।

महेश बाबु र नम्रता शिरोडकरबीच तीन वर्षको उमेरको अन्तर छ । नम्रता श्रीमानभन्दा तीन वर्ष जेठी छन् । सन् २०२३ मा नम्रता ५१ वर्षकी पुगिन् भने महेश बाबु ४८ वर्षका ।

नम्रताले सन् १९९३ मा मिस इन्डियाको ताज पनि जितिसकेकी छन् । उनले बलिउडमा सलमान खानसँग फिल्म ‘जब प्यार किसी से होता हे’ बाट डेब्यू गरेकी थिइन् ।

त्यस्तै उनी संजय दत्तसँग वास्तवमा देखिएर एकदमै चर्चामा आएकी थिइन् । तर अभिनेत्रीले विवाह पछि बलिउडलाई अलविदा भनिन् ।

नम्रताले एक अन्तरवार्तामा भनेकी थिइन्, उनले बलिउड छोड्नुको सबैभन्दा ठूलो कारण नै उनको अल्छीपना थियो । उनलाई घरसंसारमै रमाउन धेरै मन पर्‍यो र अभिनय त्यागिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved