ट्रमा सेन्टरले भन्यो- यादवको स्वास्थ्य अवस्था स्थिर, आईसीयूमा उपचार हुँदै

नेपालभ्युज

ट्रमा सेन्टरले भन्यो- यादवको स्वास्थ्य अवस्था स्थिर, आईसीयूमा उपचार हुँदै
आक्रमणपछि उपचाररत नेता महेन्द्र यादव

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था स्थिर रहेको छ । राष्ट्रिय ट्रमा सेन्टरले बुधबार एक विज्ञप्ति जारी गर्दै यादवको स्वास्थ्य अवस्था स्थिर रहेको र हाल आईसीयूमा उपचार भइरहेको जनाएको हो ।

‘टाउकोको सीटी स्क्यान गर्दा हाल कुनै पनि आन्तरिक चोट नदेखिएको जानकारी गराइन्छ । उहाँको टाउकोको पछिल्लो भागमा रहेको घाउलाई न्यूरोसर्जरी/ओर्थोपेडिक सर्जरीका विज्ञ डाक्टरहरुद्वारा अपरेशन गरी रक्तश्राव रोकिएको र घाउमा टाँका लगाइएको छ । तत्पश्चात् हेर्नका लागि ट्रमा सेन्टरको आईसीयूमा चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको छ । हाल उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको र चिकित्सकको निगरानीमा आईसीयूमा उपचार भइरहेको जानकारी गराइन्छ, अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डा. बद्री रिजाल विज्ञप्तिमा भनेका छन्, ।’

यादवमाथि बुधबार काठमाडौँको भृकुटीमण्डपमा सांघातिक हमला भएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved