यामाहाले घोषणा गर्‍यो ‘राइड टु मोटो जीपी’ इभेन्ट

नेपालभ्युज

यामाहाले घोषणा गर्‍यो ‘राइड टु मोटो जीपी’ इभेन्ट

काठमाडौं। यामाहा नेपालले ‘राइड टु मोटो जीपी’ इभेन्टको घोषणा गरेको छ। भारतमा पहिलो पटक मोटो जीपी आयोजना हुने अवसरमा यामाहा नेपालले आफ्नो प्रेस विज्ञप्ति मार्फत् यस ऐतिहासिक अवसरको घोषणा गरेको हो। नेपाली मोटरसाइकलको इतिहासमै पहिलोपटक यामाहा नेपालले दश जना यामाहा राइडरहरूलाई आठ दिने मोटरसाइकल यात्रामा काठमाडौंदेखि भारतको बुद्ध इन्टरनेसनल सर्किट नोएडासम्म मोटो जीपी हेर्न लैजाने भएको छ।

२० सेप्टेम्बरदेखि ब्लू स्क्वायर, नक्सालबाट सुरु भएर मोटो जिपिको प्रत्यक्ष अनुभव गरी त्यहाँ बाट पुनः काठमाडौं फर्किएर यो यात्रा सम्पन्न हुने यामाहा नेपालले जनाएको छ । छानिएका यामाहा राइडरहरूले मोटोजीपी इन्डियामा अभ्यास सत्र, क्वालिफायर हुँदै रेससम्मको रेसिङ अवलोकनको अनुभव प्राप्त गर्नेछन्। मोटो जीपी भारतमा २२ देखि २४ सेप्टेम्बरसम्म हुँदैछ।

यामाहाका स्पोर्ट्स मोटरसाइकल र मोटोजीपीप्रति यामाहाका राइडरहरूको उत्साहलाई मनन् गर्दै ‘राइड टु मोटो जीपी’ को इभेन्ट तयार गरिएको आयाेजकले जनाएको छ। यसमा सहभागिताका लागि यामाहा नेपालले एक विशेष माइक्रोसाइटको सिर्जना गरेको छ जहाँ यामाहा राइडरहरूले पहिलो चरणको दर्ताका लागि आफ्ना प्रारम्भिक विवरणहरू पठाउन सक्नेछन्। पहिलो चरणको दर्ता कार्यक्रम सेप्टेम्बर ९ सम्म रहने छ। दर्तापछि यामाहाले अर्को राउन्डको छ्नोट प्रक्रिया अघि बढाउने र दशजना राइडरहरूको छनोट गर्नेछ।

‘हामीले धेरै मोटरसाइकल र मोटो जीपी फ्यानहरूले आफ्नो दुई पाङ्ग्रेमा भ्यालेन्टिनो रोसीका VR46 स्टिकरहरू लगाएको देखेका छौं। त्यति मात्र नभई गियाकोमो अगोस्टिनी, जोर्जे लरेन्जोजस्ता यामाहा राइडरहरूले पनि युवाहरूलाई रेसिङमा उत्प्रेरित गरेका छन्। मोटो जीपीमा हालका यामाहाका फेबियो क्वार्टारारो पनि यसमा अगाडि छन्।

यामाहा चढ्नेहरू, जो मोटो जीपीका प्रशंसक छन् र जो रेसको साक्षी भई त्यस रोमान्चक क्षणमा जिउन चाहन्छन्, वहाँहरुका लागि ‘राइड टु मोटो जीपी’ एक अविष्मरणीय अवसर हो। हामी यामाहाका तर्फबाट सबै यामाहाका राइडरहरूलाई यस प्रतियोगिताको लागि आवेदन दिन र जीवनमा अविस्मरणीय क्षण प्राप्त हुने अवसरको रूपमा अनुभव गर्न अपिल गर्दछौँ। हामी यो घोषणा गर्न पाउँदा एकदमै खुसी छौं’ एम. ए. डब्लूका यामाहा डिभिजनका सीईओ राजु क्षेत्रीले भने ।

राइड टु मोटो जीपी, मोटो जीपीको रोमान्चकतालाई नेपाल नजिकै ल्याउन र धेरै मोटरस्पोर्टका उत्साहिहरुलाई रेसिङतर्फ आकर्षित गर्नका लागि एउटा कोसेढुङ्गा भएको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved