ग्लोबल आईएमई बैंक र भीजी इम्पेक्सबीच समझदारी पत्रमा हस्ताक्षर

नेपालभ्युज

ग्लोबल आईएमई बैंक र भीजी इम्पेक्सबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र भीजी इम्पेक्स प्रा.लि. (जिडब्लुएम नेपाल) बीच ग्राहकवर्गलाई सहुलियत ब्याजदरमा विद्युतीय तथा इन्धनमा आधारित सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारी अनुसार बैंकले, भीजी इम्पेक्स प्रा.लि. तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने इन्धनमा आधारित ह्याभल ब्रान्डका एसयूभी, पावर ब्रान्डका पिकअप तथा ओआरए ब्रान्डका विद्युतीय सवारी साधन खरिद गर्न चाहने नेपाली नागरिकहरूलाई सहजरूपमा बैंकले सवारी कर्जा प्रवाह गर्ने भएको छ ।

सहुलियत रूपमा सवारी कर्जा दिन चाहने ग्राहकहरूले आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिनुपर्ने बैंकले जनाएको छ । उक्त समझदारी पत्रमा बैंकका साना तथा मझौला कर्जा विभाग प्रमुख रुपेन्द्र वाग्ले र भि जि इम्पेक्स प्रा.लि. का उपाध्यक्ष रुपेश शर्मा भट्टले हस्ताक्षर गरेका छन् ।

ग्राहकहरूको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved