नासाको स्पेस एक्स क्रु-६ पृथ्वीमा फर्कियो

नेपालभ्युज

नासाको स्पेस एक्स क्रु-६ पृथ्वीमा फर्कियो

एजेन्सी । अमेरिकी राष्ट्रिय एरोनटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा) ले सोमबार बिहान दक्षिणपूर्वी अमेरिकी राज्य फ्लोरिडाको तटमा रहेको स्पेएक्स ड्रागन अन्तरिक्ष यानमा सवार स्पेसएक्स क्रु ६ अन्तरिक्ष यात्रीहरूसहित सुरक्षित अवतरण भएको छ ।

नासाका अन्तरिक्षयात्री स्टिफन बोवेन र वुडी होवर्ग, यूएईका अन्तरिक्ष यात्री सुल्तान अल नेयादी र रोस्कोमोस (रुसको राज्य अन्तरिक्ष निगम) अन्तरिक्ष यात्री एन्ड्रे  फेडियाएभ सहितको चार सदस्यीय टोली सुरक्षित पृथ्वी फर्किएको हो ।

अन्तरिक्षयानलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईसएस) बाट आइतबार पूर्वी समय (११०५ आइतबार जीएमटी) बिहान ७ बजेर ५ मिनेट जाँदा पृथ्वीमा अवतरण गरेको हो । यो मिसन मार्च २ मा फ्लोरिडाको नासाको केनेडी सेन्टरबाट प्रक्षेपण गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved