हात माग्न गएका अभिनेतालाई अभिनेत्रीकी आमाले भनिन् -पहिला छोरीसँग ‘लिवइन’ मा बस

नेपालभ्युज

हात माग्न गएका अभिनेतालाई अभिनेत्रीकी आमाले भनिन् -पहिला छोरीसँग ‘लिवइन’ मा बस

एजेन्सी । विशेषगरी फिल्म उद्योगमा कयौं त्यस्ता जोडी छन् जो विवाह अघि सँगै बस्ने गर्छन् । अहिले त यो फेसन जस्तो भइसकेको छ ।

कतिपय विवाहलाई महत्व नदिएर त्यसरी बस्छन् भने कतिपयले विवाह अघि एकअर्कालाई बुझ्ने सोंचमा सँगै बस्छन् । जसलाई लिवइन रिलेशन भनिन्छ । तर, ९० को दशकतिर पनि एक यस्ती अभिनेत्री थिइन् जसले आफ्नी छोरीलाई विवाह अघि नै लिवइनमा बस्न आग्रह गरेकी थिइन् ।

ती अभिनेत्री अरु कोही नभएर डिम्पल कपाडिया हुन् जसले आफ्नी छोरी ट्वींकल खन्नालाई यस्तो सल्लाह दिएकी थिइन् । विवाह गर्न खोजेका अक्षय कुमारसँग उनले पहिला लिवइनमा बस्न सल्लाह दिएकी थिइन् । यस कुराको खुलासा स्वयम् ट्वींकलले गरेकी छन् ।

ट्वींकल खन्ना र अक्षय कुमार बलिउडका सबैभन्दा मनपर्ने जोडी मध्ये एक हुन् । यिनीहरुको प्रेम कहानी त प्राय सबैलाई थाहा छ । तर विवाह अघि यी जोडी दुई वर्षसम्म लिवइनमा बसेका थिए भन्ने धेरैलाई थाहा छैन होला ।

ट्वीक इन्डिया कार्यक्रममा कुरा गर्दै ट्वींकल खन्नाले आफू श्रीमान् अक्षय कुमारसँग विवाह अघि दुई वर्ष लिवइनमा बसेको खुलासा गरेकी छन् ।

ट्वींकलले जब उनले आफ्ना बुवा राजेश खन्नालाई आफू अक्षय कुमारसँग विवाह गर्न चाहने भनिन्, राजेशले अक्षयसँग कुराकानी गरेपछि हुन्छ भनेका थिए । तर जब उनले आफ्नी आमा डिम्पललाई यसबारेमा बताइन् जवाफमा उनले ट्वींकललाई विवाह अघि लिवइनमा बस्न सल्लाह दिइन ।

त्यसपछि ट्वींकलले आफ्नी आमाको कुरा मानिन् र लिवइनमा बसिन । अक्षय कुमार र ट्वींकलबीच एक म्याग्जीनको फोटोशुटको क्रममा चिनजान भएको थियो । जहाँबाट उनीहरु साथी बने र सुरु भयो ‘लवस्टोरी’ । करिब दुई वर्ष लिवइनमा बसेपछि सन् २००१ मा उनीहरुले विवाह गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved