छोराको चरित्रहत्या भएको भन्दै ट्राफिक प्रहरीकी आमा पुगिन् बालेनको घर

आफ्ना छोराले जाँडरक्सी केही पनि नखाने र मेयरकी पत्नीलाई दुःख दिने नियतले त्यस्तो नगरेको आमाले बताएकी थिइन्। उनले छोराको विषयमा अनर्गल प्रचार भएको कारण चरित्रहत्या नगरिदिन आग्रह गरेकी थिइन्।

नेपालभ्युज

छोराको चरित्रहत्या भएको भन्दै ट्राफिक प्रहरीकी आमा पुगिन् बालेनको घर

काठमाडौं। शनिबार साँझ कोटेश्वर चोकको ट्राफिक प्रहरी चेकिङमा खटिएका ट्राफिक प्रहरीका नायब निरीक्षक अर्थात् सई सुशील न्यौपानेकी आमा काठमाडौं महानगरका मेयर बालेन शाहको घरमा पुगेकी छिन्।

आइतबार मेयरको सचिवालयले निकालेको विज्ञप्तिले छोराको चरित्रहत्या भएको र त्यसो नगर्न आग्रह गर्न बालेनकै घर पुगेकी हुन्।

ड्युटीमा रहेका प्रहरीले मदिरा सेवन गरेको, गुड्खा खाएको र बालेन पत्नी सबिना काफ्लेलाई दुर्व्यवहार गरेको भन्दै बिज्ञिप्ति आएको थियो।

कहिल्यै मदिरा र गुड्खा सेवन नगर्ने छोरालाई आफ्नो गल्ती ढाकछोप गर्न आरोप लगाइएको भन्दै आक्रोशित सुशील न्यौपानेकी आमाले सिनामंगल पुगेर बालेन पत्नी सबिनालाई भेटेकी छिन्।

सई सुशील न्यौपानेको पारिवारिक स्रोतले भन्यो, ‘‘आइतबार दिउँसो मेयरको सचिवालयले निकालेको विज्ञप्ति बढेर आमा आत्तिएकी थिइन्।

मेयर शाह पत्नी सविना चढेको गाडी चेक गरेको समाचार आएदेखि नै सईको परिवार तनावमा थियो। बुवा मुटुको रोगी भएकाले आमा थप चिन्तित हुनुभयो। आफ्नो छोरोले कानुनसंवत चेकजाँच गर्दा पनि किन आरोप लगाइयो भन्ने गुनासो लिएर जानुभएछ।’’

मेयर बालेनलक्षित काठमाडौं प्रशासनको विज्ञप्ति– कानुन सबैलाई बराबर हो, जथाभावी वक्तव्यबाजी नगर्नू

बालेन भने एसिया कप हेर्न श्रीलंका पुगेका छन्। यसैलै सई सुशील न्यौपानेको आमाले बालेनको परिवारसँग भेटेकी हुन्।

आफ्ना छोराले जाँडरक्सी केही पनि नखाने र मेयरकी पत्नीलाई दुःख दिने नियतले त्यस्तो नगरेको बताएकी थिइन्। उनले छोराको विषयमा अनर्गल प्रचार भएको कारण चरित्रहत्या नगरिदिन आग्रह गरेकी थिइन्।

के भएको थियो ?

शनिबार राती प्रहरी जवानसँगै चेकजाँचमा खटिएका सई न्यौपानेले सरकारी नम्बर प्लेट देखेपछि सोधखोज गरेका थिए। त्यसपछि अस्पतालबाट आएको सुत्केरी भनेपछि चालकलाई शनिबार अनुमति पत्र बोलेर हिँड्न भन्दै सम्झाएर छाडिदिएका थिए। लगतै बालेनले ‘महानगरको गाडी चेक गरेको भन्दै सिंहदरबारमा आगो लगाउने’ धम्की दिएका थिए।

बालेनको धम्कीको चौतर्फी विरोध भयो। आफ्नो विरोधको आलोचना भएपछि बालेनको बचाउमा सचिवालय विज्ञप्ति निकालेको थियो। जहाँ बालेनको आक्रोश पछाडि प्रहरीको रुखो व्यवहार भएको आरोप लगाइएको थियो।

बालेनले सुटुक्क हटाए ‘सिंहदरबारमा आगो लगाउने’ चेतावनी दिइएको स्ट्याटस

बालेनको सचिवालयले आइतबार साँझ विज्ञप्ति निकालेर ट्राफिक प्रहरीले ७ मिनेट रोकेर केरकार गरेको, चेकजाँच गर्ने प्रहरीले मादक पदार्थ र गुट्खा सेवन गरेको लगायतको आरोप लगायो।

आरोप त्यतिमै सीमित रहेन, गृह प्रशासनले सुनियोजित तवरले भ्रामक सूचना दिई समाचार सम्प्रेषण गर्न लगाएको आरोपसमेत लगाएको थियो।

ढाँटेको ढाँट्यै बालेनको सचिवालय

पत्नीको गाडी चेकजाँच गरेपछि बालेनले आपत्तिजनक स्ट्याटस लेखेका थिए। त्यसको विरोध भएपछि सेन्टिमेन्ट बटुल्न बालेनको सचिवालयले बालेननिकटको फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’मा बालेन पत्नी सबिनालाई प्रसूति व्यथा लागेको कारण शनिबार गाडीमा लगेको दाबी गराउँदै पोस्ट गर्न लगायो। बालेनलाई पुत्री लाभ भएको भन्दै बधाई दिइएको थियो।

बालेनविरुद्धको आलोचना रोक्ने अस्त्रका रूपमा प्रयोग गरिएको त्यो पोस्ट तब झुट साबित भयो, तब एक साता अगाडि नै सुत्केरी भएको समाचार मिडियामा आयो।

एक साताअघि नै बालेनलाई पुत्री लाभ, ‘अराजक अभिव्यक्ति’को बचाउका लागि सेन्टिमेन्ट बटुलिँदै

त्यसपछि त्यो पोस्ट सच्चाइएको थियो। ढाँट्ने प्रयास असफल भएपछि फेरि बालेनको आलोचना जारी रह्यो। त्यसपछि ड्युटीमा रहेका प्रहरीले दुर्व्यवहार गरेको भन्दै बालेनको सचिवालयले विज्ञप्ति निकालेको हो।

सञ्चार माध्यम र सामाजिक सञ्जालमा बालेनको आलोचना भएपछि सुरुमा बालेनको सचिवालयले बालेन पत्नी सविना सवार गाडीलाई आधा घण्टा रोकेर चेकजाँच गरेको भन्दै बचाऊ गर्ने कोसिस गरेको थियो।

तर, सीसीटीभी फुटेज सार्वजनिक भएपछि सात मिनेट रोकिएको दाबी गरिएको छ। तर ट्राफिक प्रहरीले भने सरकारी नम्बर प्लेटको सवारीसाधन ट्राफिक लाइट, सवारी जाम र चेकजाँचका क्रममा गरी करिब २ मिनेट मात्रै रोकिएको जवाफ दिएको छ।

बालेनको सचिवालयले विज्ञप्ति नै निकालेर ‘सुरक्षाका दृष्टिकोणले समेत नगरप्रमुख र उनकी पत्नीलाई प्रयोग गर्न गृह मन्त्रालयले सहमति दिएको’ दाबी गरेको थियो।

तर गृह मन्त्रालयको प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले भने मेयर पत्नीले समेत प्रयोग गर्न सक्ने गरी त्यस्तो कुनै सहमति नदिएको बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved