मुकेश र नीता अम्बानीका सानो छोरासँग यस्तो छ डिग्री

नेपालभ्युज

मुकेश र नीता अम्बानीका सानो छोरासँग यस्तो छ डिग्री

एजेन्सी । भारतका धनाड्य मुकेश अम्बानी परिवारलाई कुनै पहिचानको आवश्यकता छैन ।

यो परिवारका हरेक सदस्यका आ–आफ्नै पहिचान छन् । हरेक कसैले अम्बानी परिवारका रहनसहनका बारेमा कुरा गरिरहेका हुन्छन् । वा भनौं सबैलाई उनीहरुको रहनसहन तथा उठबसको दिनचर्या जान्ने चासो हुन्छ ।

साथै यो कुरा पनि रोचक हुन सक्छ कि यो परिवारका सदस्यहरु कति पढेलेखेका छन् । आउनुहोस् आज जानौं अम्बानी परिवारका साना छोराको पढाईका बारेमा ।

अनन्त अम्बानीले मुम्बईको धीरुभाई अम्बानी इन्टरनेशनल स्कूलमा पढाई गरेका छन् । त्यसपछि उनले रोड आइल्यान्डमा ब्राउन युनिवर्सिटीमा स्नातक गरे ।

अनन्त अहिलेसम्म इन्डीयन प्रिमियर लिग (आइपीएल) सहितका खेलहरुको आयोजनामा समावेश भइसकेका छन् । उनी मुम्बई इन्डीयन्स टिमका मालिक पनि हुन् । अब उनी छिट्टै आरआईएलको बोर्ड अफ डाइरेक्टर्समा समावेश हुँदै छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved