इन्जिनियरिङ अध्ययनको शुल्क फिर्ता लिने सहमति, आमरण अनसन स्थगित

नेपालभ्युज

इन्जिनियरिङ अध्ययनको शुल्क फिर्ता लिने सहमति, आमरण अनसन स्थगित

काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थानले इन्जिनियरिङ शिक्षामा वृद्धि गरेको शुल्क फिर्ता हुने भएको छ ।

आमरण अनसनमा रहेका र आन्दोलनमा रहेका विद्यार्थी र त्रिभुवन विश्वविद्यालयबीच गएराति सहमति भएको हो । सहमति अनुसार त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहमा गरेको शुल्क वृद्धि फिर्ता हुने भएको हो ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटा र शिक्षाध्यक्ष शिवलाल भुसालसहितका पदाधिकारीले विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिसँग बुधबार पाँच बुँदे सहमति गरेका छन् ।

जसमा इन्जिनियरिङ शिक्षामा भएको शुल्कवृद्धि फिर्ता लिन इन्जिनियरिङ अध्ययन संस्थानलाई निर्देशन दिने, विद्यार्थीका प्रतिनिधिसहित गठन हुने समितिले सात दिनभित्र नयाँ शुल्क तोक्ने सहमति पनि भएको छ ।

हाल स्थगित भएको प्रवेश परीक्षा लगायतका कार्यक्रम सञ्चालन गर्ने र आमरण अनशन लगायतका सबै आन्दोलनका कार्यक्रम फिर्ता लिने पनि सहमति पत्रमा उल्लेख छ ।

इन्जिनियरिङ अध्ययन संस्थानले पूर्ण शुल्कीय तर्फको ७ लाख ७५ हजार बनाउने निर्णय गरेपछि विद्यार्थी संगठनहरुले आन्दोलन गर्दै आएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved