यी हुन् मन्त्रीपरिषद् बैठकका निर्णयहरु

नेपालभ्युज

यी हुन् मन्त्रीपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । सरकारले भन्सार विधेयक र विद्युत विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ । मंगलवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको नेपाल सरकारका प्रवक्ता रेखा शर्माले बताईन् ।

उनका अनुसार सरकारले प्रतिनिधि सभा सदस्य मान्य राजेन्द्रकुमार केसी र माधव सापकोटालाई निजीकरण समितिको सदस्यमा मनोनित गर्ने निर्णय समेत गरेको छ । यस्तै बैठकले नेपाल र फिलिपिन्सबीच कुटनीतिक तथा सरकारी राहदानी बहाललाई प्रवेशाज्ञा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृत दिने निर्णय गरेको छ ।

उनले नेपाल प्रशासन सेवा सामुहिकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त एक (सचिव) पदमा दिनेशकुमार घिमिरेलाई बढुवा गर्ने निर्णय भएको पनि बताईन् । यस्तै उनले सरकारले नेपाल औषधि लिमिटेडको महाप्रवन्धकमा कैलाशकुमार पनेरुलाई नियुक्त गर्ने निर्णय गरेको पनि  बताईन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved