स्टार्टअपलाई परिभाषित गर्न सरकारले तत्काल नीति ल्याउनुपर्छ : अध्यक्ष ढकाल

नेपालभ्युज

स्टार्टअपलाई परिभाषित गर्न सरकारले तत्काल नीति ल्याउनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले स्टार्टअपको परिभाषा नहुँदा सरकारले ल्याएका प्रवर्द्धन नीति कार्यान्वयनमा आउन नसकेको बताएका छन् ।

सोमबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले गरेको स्टार्टअप राष्ट्र–२०३० सम्मेलनमा अध्यक्ष ढकालले सरकारले स्टार्टअप नीति तत्काल ल्याएर परिभाषित गर्न आवश्यक रहेको बताएका हुन् ।अध्यक्ष ढकालले सरकारले स्टार्टअपसम्बन्धी स्पष्ट नीति बनाउन नसक्दा यसलाई परिभाषित गर्न नसकिएको बताए ।  उनले यो उद्यमको परिभाषा र स्पष्ट नीति नहुँदा स्टार्टअप प्रवर्द्धन कार्यक्रम समेत कार्यान्वयन आउन नसकेको उल्लेख गरे ।

अध्यक्ष ढकालले सरकारले स्पष्ट नीति बनाएर कोभिड महामारीका कारण जोखिममा परेका स्टार्टअपलाई प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औंल्याए । उनले स्टार्टअप स्थापना पछिको निरन्तरताका लागि आवश्यक पुँजी, उचित मार्गदर्शन र बलियो साझेदारी जरुरी हुने समेत बताए ।

अध्यक्ष ढकालले स्टार्टअप नीतिको तर्जुमा पुँजीको व्यवस्था बजार विकास सुविधामा महासंघले सरकार र अन्य सम्बन्धित सबै क्षेत्रसँग सहकार्य गर्दै आइरहेको भन्दै नीतिगत स्पष्टता र सहयोगबिना स्टार्टअप राष्ट्रको लक्ष्यमा पुग्न नसक्ने बताए ।

सम्मेलन दुई दिनसम्म चल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved