सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै हाथवे इन्भेस्टमेन्ट

नेपालभ्युज

सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै हाथवे इन्भेस्टमेन्ट

काठमाडौं। हाथवे इन्भेस्टमेन्टले भदौ २१ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । एक सूचना जारी गर्दै प्रतिकित्ता अंकित मूल्य ५० रुपैयाँका दरले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने जानकारी गराएको हो ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरू र सामूहिक लगानी कोषका लागि सेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

कम्पनीले १२ करोड १३ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको २४ लाख २७ हजार ७५० कित्ता सेयर निष्कासन गर्न लागेको हो । उक्त आईपीओमा सर्वसाधारणले न्यूनतम २० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आईपीओमा आवेदन दिने अवधि भदौ २५ गतेसम्म तोकिएको छ । यदि तोकिएको अवधिभित्र पूर्ण आवेदन नपरेमा आईपीओको आवेदन असोज ४ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved