अमेरिकी चुनाव

रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको दौडमा ट्रम्पपछि भारतीय मूलका विवेक रामास्वामी

विवेकलाई उपराष्ट्रपति बनाउन चाहन्छन् ट्रम्प

अमेरिकी राष्ट्रपतिको आगामी निर्वाचनका लागि सुरु भएको रिपब्लिकन पार्टीको ‘पब्लिक डिबेट’ मा पूर्वराष्ट्रपति डोनाल्ड जे. ट्रम्पपछि दोस्रो स्थानमा भारतीय मूलका युवा व्यवसायी विवेक गणपति रामास्वामी देखापरेका छन् ।

नेपालभ्युज

रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको दौडमा ट्रम्पपछि भारतीय मूलका विवेक रामास्वामी

काठमाडौं । अमेरिकी राष्ट्रपतिको आगामी निर्वाचनका लागि सुरु भएको रिपब्लिकन पार्टीको ‘पब्लिक डिबेट’ मा पूर्वराष्ट्रपति डोनाल्ड जे. ट्रम्पपछि दोस्रो स्थानमा भारतीय मूलका युवा व्यवसायी विवेक गणपति रामास्वामी देखापरेका छन् ।

यस अघि यस्तो र्‍याङकिङमा दोस्रो स्थानमा फ्लोरिडाका गभर्नर रोन डिसेन्स्टिस देखिँदै आएका थिए । फ्लोरिडा कन्फ्रेन्सपछि रामास्वामी दोस्रो स्थानमा उक्लिए भने डिसेन्टिस तेस्रो स्थानमा धकेलिए । चौथो स्थानमा ट्रम्पकालिन उपराष्ट्रपति माइक पेन्स छन्।

यद्यपि गवर्नर डिसेन्टिस र रामास्वामीको लोकप्रियता प्रतिशत झण्डै बराबरी थियो । ट्रम्पले ५६% को लोकप्रियता प्राप्त गर्दा यी दुवैले १०–१० प्रतिशत मात्रै पाएका थिए । तर, ट्रम्प समर्थकमध्ये ५१ प्रतिशतको दोस्रो रोजाईमा रामास्वामी थिए । तसर्थ विवेकको लोकप्रियता १० जोड र दोस्रो मानिएको थियो । माइक पेन्सले भने ३ प्रतिशतको मात्र लोकप्रियता पाएका थिए ।

फक्स न्यूजले गराएको रिपब्लिकन दाबेदारको अर्को एक पब्लिक डिबेटमा भने रामास्वामी सबैभन्दा प्रभावी देखिएका थिए । तर, त्यो डिबेटमा डोनाल्ड ट्रम्पले भने माग लिएका थिएनन् । डिबेटपछिको सर्वेक्षणमा रामास्वामीले २८ प्रतिशत, डिसेन्टसले २७ प्रतिशत र माइक पेन्सले १३ प्रतिशतको लोकप्रियता पाएका थिए ।

रामास्वामीको बढ्दो लोकप्रियतापछि राष्ट्रपति ट्रम्पले उनको प्रसंशा गर्न थालेका छन् । हालै एक पत्रकार भेटघाटमा ट्रम्पले भने–रामास्वामीमा नेतृत्वको राम्रो सम्भावना देखिन्छ । म उनलाई मेरो टिममा उपराष्ट्रपतिको उम्मेद्वार बनाउन चाहन्छु ।

ट्रम्पको यस्तो प्रस्तावको प्रतिउत्तरमा भने विवेक रामास्वामीले अहिले नै त्यस्तो निर्णय गर्ने बेला नआएको बताए । आफू राष्ट्रपतिको उम्मेद्वार बन्न  प्राइमारको अन्तिम चरणसम्म खडा रहने र उपराष्ट्रपतिको उम्मेद्वार बन्न परे यथोचित समयमा निर्णय लिने उनको भनाई थियो ।

फक्स न्यूज डिबेटपछि रामास्वामीको लोकप्रियता तीव्र भएको कारण बहसको एक घन्टाभित्रै उनको चुनावी फण्डमा ३.७१ लाख डलर रकम जम्मा भएको थियो । उक्त डिबेटमा उनले सोभियत संघको विघठनपछि रुस अमेरिकाका लागि मुख्य चुनौती नभएको, उक्त स्थान चीनले लिएको, आफू राष्ट्रपति भए रिचार्ड निक्सनले चीनसँग गरेजस्तै सम्झौता मस्कोसँग गर्ने, रुसलाई चीनको पोल्टाबाट खोसेर फिर्ता ल्याउने र युक्रेन युद्ध केही दिनमै अन्त्य गर्ने बताएका थिए ।

रामास्वामी भारतको केरलाबाट अमेरिकाको ओहियो गएको एक आप्रवासी परिवारमा सन १९८५ मा जन्मिएका हुन्। उनी ३८ वर्षका मात्रै छन् ।

उनको बिहे भारतीय मुलकै फिजिसियन अपूर्वा तिवारीसँग भएको छ । उनीहरुका दुई छोरा छन् । रामास्वामीको परिवार हिन्दू धर्ममा विश्वास गर्दछ । यसबारे रामास्वामीको भनाई छ– म आफ्नो धर्म लुकाएर राजनीतिक करिअर बनाउन चाहन्न । हो, म हिन्दू हुँ । तर, अमेरिकी लोकतन्त्र र धर्मनिरपेक्षतामा यो कुनै समस्या हैन । यहाँ सबै धर्म बराबर हुन्। सबै धर्मले दया, करुणा, मानवता र शान्ति सिकाउँछन् । धर्मको कारणले मेरो अभियानलाई कुनै समस्या हुँदैन ।

अर्को एक प्रश्नमा उनको भनाई छ– मैले यति छोटो अवधिमा अमेरिकामा यति ठूलो कम्पनी बनाएँ, यो अवसर अमेरिकी उदारवादले दिएको हो । तसर्थ म अमेरिकी उदार मूल्यप्रणालीको महत्व राम्रोसँग बुझ्दछु ।

रामास्वामीको कम्पनीको नाम रोयभेन्ट साइन्सेस एण्ड सब्सिडरिज हो । यसका सेवा वायोटेक्निोलजीमा आधारित हुन्छन् । उनी इन्जिनियर पिता गणपति रामास्वामी र मनोरोग बिशेषज्ञ माता गीथा रामास्वामीका सन्तान हुन् ।

राष्ट्रपति निर्वाचनको दौड रामास्वामीका लागि अझै धेरै टाढा छ तर, अमेरिकी राजनीतिमा उनी एक आकर्षक युवा व्यक्तित्वका रुपमा भने स्थापित भइसकेका छन् ।

सञ्चार माध्यमअनुसार अधिकांश ट्रम्प समर्थकको आग्रह छ कि उनले उपराष्ट्रपतिको उम्मेद्वार स्वीकार गर्नु रिपब्लिकन पार्टीका लागि सबैभन्दा राम्रो विकल्प हो ।

जेल गएपछि ट्रम्पको खातामा पैसाको ओइरो, तीन हप्तामै २ करोड डलर जुट्यो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved