जेल गएपछि ट्रम्पको खातामा पैसाको ओइरो, तीन हप्तामै २ करोड डलर जुट्यो

नेपालभ्युज

जेल गएपछि ट्रम्पको खातामा पैसाको ओइरो, तीन हप्तामै २ करोड डलर जुट्यो

एजेन्सी। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानका लागि पैसाको ओइरो लाग्न थालेको छ ।

अहिलेसम्म ट्रम्पको चुनावी अभियानको लागि दुई करोड डलर कोषमा जम्मा भएको छ । ट्रम्पका प्रवक्ताले तीन हप्ताको अवधिमै दुई करोड डलर (दुई अर्ब ६४ करोड नेपाली रुपैयाँ) कोषमा जम्मा भएको बताएका बीबीसीले जनाएको छ ।

डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय चुनावमा हारलाई विजयमा परिणत गर्ने षड्यन्त्र गरेको आरोप लागेको छ । यी आरोपहरूपछि ट्रम्पको चुनावी अभियानका लागि कोषमा जम्मा हुने क्रम झनै बढेको छ ।

गएको शुक्रवार ट्रम्प जर्जियाको काउन्टी जेलमा जानुपरेको थियो र त्यहाँ उनको मुगसट (तस्वी) पनि खिचिएको थियो । ट्रम्पका प्रवक्ताका अनुसार मुगसटपछि चन्दा प्राप्त गर्ने क्रम बढेको छ ।

यो पनि पढ्नुहोस :

रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको दौडमा ट्रम्पपछि भारतीय मूलका विवेक रामास्वामी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved