१० अर्बको ऋणपत्र सार्वजनिक गर्दै राष्ट्र बैंक, बोलकबोलमा क-कसले सहभागी हुन पाउने ?

नेपालभ्युज

१० अर्बको ऋणपत्र सार्वजनिक गर्दै राष्ट्र बैंक, बोलकबोलमा क-कसले सहभागी हुन पाउने ?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज १० अर्बको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले आइतबार आन्तरिक ऋणको रूपमा राष्ट्र बैंकले ६ वर्ष समयावधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो ।

बोलकबोलका माध्यमबाट निर्धारण गरिने उक्त ऋणपत्रको ब्याजदर बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, गैर-बैंक, वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेतले खरिद गर्नसक्ने राष्ट्र बैंकले जनाएको छ ।

भदौ १० गते दिउँसो ३ बजेसम्म बोलकबोल हुने ऋणपत्र भदौ ११ गते सोमबार निष्कासन हुनेछ । अर्धवार्षिकरूपमा ब्याज भुक्तानी हुने यो ऋणपत्रको साँवा भुक्तानी २०८६ भदौ ११ मा हुनेछ । साथै, ऋणपत्र धितो राखी व्यक्तिले कर्जासमेत लिन सक्ने जनाइएको छ ।

घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमाभित्र रहेर ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्न पाइने ऋणपत्रको बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा कुनै एक बोलवालाको बोलकबोलमा खरिद गर्न पाइनेछ ।

राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले प्रतिस्पर्धीको रूपमा भाग लिन पाउने छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved