माण्डु हाइड्रोपावरले खुलायो सर्वसाधारणका लागि आईपीओ, आजबाट आवेदन दिन सकिने

नेपालभ्युज

माण्डु हाइड्रोपावरले खुलायो सर्वसाधारणका लागि आईपीओ, आजबाट आवेदन दिन सकिने

काठमाडौं। माण्डु हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले निष्कासन गरेको आईपीओमा सर्वसाधारणले आज बैंकिङ समयपश्चात् आवेदन दिन सक्नेछन ।

कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजारमा एक लाख ३६ हजार ३६४ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बाँडफाँट गरिसकेको छ । त्यसैगरी, २ लाख ७२ हजार ७ सय ३० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई बिक्री गरी बाँडफाँड गरिसकेको छ ।

त्यसैगरी, कम्पनीले २८ हजार ८५३ कित्ता कम्पनीका कर्मचारीहरूका लागि र ७२ हजार १३३ कित्ता सामूहिक लगानी कोषहरूमा समेत बाँडफाँट गरी १२ लाख ५ हजार ३२० कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गरेको हो । सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् ।

आईपीओ बिक्री अवधि भदौ १३ गतेसम्मका लागि तोकिएको छ । यदि, तोकिएको अवधिभित्र मागबमोजिम आवेदन नपरेमा भदौ २४ गतेसम्म बिक्री लम्बिने कम्पनीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved