जब समाचार वाचिकालाई लाइभमै प्रेम प्रस्ताव राख्न आए प्रेमी

नेपालभ्युज

जब समाचार वाचिकालाई लाइभमै प्रेम प्रस्ताव राख्न आए प्रेमी

एजेन्सी । प्रेम परिरहेका व्यक्तिहरु आफ्ना प्रेमीप्रेमिकाका लागि खुशी पार्न जे पनि गर्न तयार हुन्छन् । त्यस्तै भयो अमेरिकाको टेनेसीमा जब एक टेलिभिजनमा समाचार चलिरहेकै बेला लाइभ शो मै गएर प्रेमीले समाचार वाचिकालाई प्रेम प्रस्ताव राखे ।
मेजिकली नामको इन्स्टाग्राम पेजमा साझा गरिएको क्लिपमा एक रिपोर्टरलाई आफ्नी सहकर्मी तथा प्रेमिका जो सामाचार वाचिका हुन्छिन्, उनलाई प्रेम प्रस्ताव राखिरहेको देख्न सकिन्छ । यस भिडियो पोस्ट भएको केहीबेरमै भाइरल भएको छ । सबैले यस जोडीलाई बधाई तथा उनीहरुका लागि प्रार्थना गरिरहेका छन् ।

कार्नेलिया निकोलसन एउटा समाचार बुलेटिनको बीचमा थिइन्, त्यही बीचमा उनीका प्रेमी तथा साथी पत्रकार रिले नागेलले हातमा फूल र एउटा औंठी लिएर सेटमा देखिन्छन् ।

त्यसपछि नागेल घुँडा टेकेर बस्छन् र निकोलसनलाई विवाहका लागि हात माग्छन्, जसलाई देखेर उनीकी प्रेमिकाले आँखाभरी आँशु पार्दै ‘हुन्छ’ भन्छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved