कुखुरा चोरेको आरोपमा कुटिएका बालकको मृत्यु

कुखुरा चोरेको आरोपमा कुटिएका बालकको मृत्यु

सुर्खेत। रुकुम (पश्चिम)मा कुखुरा चोरी गरेको आरोपमा कुटिएका एक बालकको मृत्यु भएको छ ।

गत बिहीबार कुटपिटबाट गम्भीर घाइते भएका मुसिकोट नगरपालिका–४ ताङतुङ्गेका ९ वर्षीय भुवन बिकको शनिबार बिहान मृत्यु भएको हो ।

कुखुरा चोरेको आरोपमा भुवनलाई स्थानीय रामबहादुर बुढाथोकीले कुटपिट गरेको देखिएको प्रहरीले जनाएको छ।

कुटिएका भुवनलाई गाह्रो भएपछि शनिबार बिहान जिल्ला अस्पताल सल्लेमा लगिएको प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले बताए । त्यही उनको मृत्यु भएको हो ।

कुटपिट गर्ने बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुढाथोकी बोल्न नसक्ने अवस्थाका रहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए । भुवनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा राखिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved