पर्यटन उद्योगलाई सुविधाजनक बनाउँदै राकुटेन भाइबर

नेपालभ्युज

पर्यटन उद्योगलाई सुविधाजनक बनाउँदै राकुटेन भाइबर

काठमाडौं। राकुटेन भाइबरले नेपालको पर्यटनलाई थप सुविधाजनक बनाउँदै लगेको छ । आन्तरिक यात्रालाई सहयोग र सशक्तीकरण गर्ने निरन्तर प्रयासस्वरूप भाइबरले सस्तो टिकट्ससँग मिलेर एउटा सिर्जनात्मक च्याटबटको सुरुवात गरेको हो ।

जुन च्याटबटमार्फत नेपाली र अन्तर्राष्ट्रिय यात्रुहरूले देशको अन्वेषण गर्ने तरिकामा क्रान्ति ल्याउने दाबी गरिएको छ ।

भाइबरको ट्राभल एजेन्सीसँगको सहकार्यले सस्तो टिकट्स च्याटबट मार्फत आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि उडान बुकिङ सेवा उपलब्ध गराएको छ। यो प्लेटफर्मले लागत प्रभावित उडानका विकल्पहरू मात्र प्रदान गर्नुका साथै अन्य धेरै आकर्षक लाभहरू ल्याएको छ ।

जसअन्तर्गत बम्पर अफरमा उडान र आवासको पूर्ण सुविधासहित दुईजनाको लागि थाइल्याण्डको यात्रा, १५ जोडी यात्रुहरूलाई राउन्डट्रिप टिकटहरू, पोखराका उत्कृष्ट होटल र रिसोर्टहरूमा बस्ने रूम स्टेमा १५ प्रतिशत छुटलगायतका विभिन्न आकर्षक सुविधाहरू ल्याएको छ ।

सस्तो टिकट्सका संस्थापक अध्यक्ष तथा सीईओ सम्राट दाहालले, राकुटेन भाइबरसँगको आफूहरूको नयाँ सहकार्य भएकाले प्रयोगकर्ताका लागि अतुलनीय यात्रा अवसरहरू ल्याएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved