आइएमई पेले ल्यायो विकेट टु विन अफर

नेपालभ्युज

आइएमई पेले ल्यायो विकेट टु विन अफर

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले एसिया कप क्रिकेट २०२३ मा नेपालको सहभागिताको खुसीयाली मनाउँदै ‘विकेट टु विन’ अफर सार्वजनिक गरेको छ ।

यही भदौ ८ देखि भदौ १२ गतेसम्म चल्ने सो अफरअन्तर्गत सेवाग्राहीले आइएमई पेमार्फत टेलिभिजनको बिल भुक्तानी गर्ने क्रममा “ASIACUP” प्रोमो कोडको प्रयोग गरी १५० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन्।

साथै यस अफरमा सहभागी हुने ग्राहकमध्ये भाग्यशाली एक जनाले डिशहोमको फाइबर नेटको एक वर्षको निशुल्क सब्सक्रिप्सन पनि जित्न सक्नेछन् । यो अफरले क्रिकेटप्रेमी दर्शकको उत्साहलाई थप उर्जा प्रदान गर्ने विश्वास लिएको आइएमई पे का सीइओ प्रवीण रेग्मीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved