क्यानले गर्याे ४९ विद्यार्थीलाई २ करोड ८३ हजार रुपैयाँको छात्रवृत्ति व्यवस्था

नेपालभ्युज

क्यानले गर्याे ४९ विद्यार्थीलाई २ करोड ८३ हजार रुपैयाँको छात्रवृत्ति व्यवस्था

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) का अध्यक्ष रन्जित कुमार पोदारले क्यान महासंघ र लर्ड बुद्ध एजुकेसनको सहकार्यमा ४९ जना विद्यार्थीका लागि २ करोड ८३ हजार रुपैयाँबराबरको छात्रवृत्तिको व्यवस्था गरेको बताएका छन।

शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले पढाईमा राम्रो भएपनि आर्थिक अवस्थाको कमजोर भएकाहरुलाई शिक्षा दिने उद्देश्यले क्यान महासंघले यो स्कलरसिपको आवहन गरेको बताएका हुन । कार्यक्रममा बोल्दै उनले क्यानको उक्त कार्यमा लर्ड बुद्ध एजुकेसनले पूर्ण सहयोग गरेको बताए ।

उनले भने, ‘यो छात्रवृत्ति ४९ जना विद्यार्थीहरुलाई आंशिक तथा पुर्ण रुपमा प्रदान गर्न लागिएको हो । यो छात्रवृत्तिको व्यवस्था लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसंँगको सहकार्यमा शुरु गरिएको हो । त्यसमध्ये ७ जनालाई कुनै शूल्क लाग्दैँन्, ७ वटा प्रदेशमा एउटा प्रदेशबाट एकजना छात्राहरु छनोट गर्ने गरिएको छ ।’

विगत चार वर्षदेखि सञ्चालित यस छात्रवृती कार्यक्रम अन्तर्गत हालसम्म ४६ जना विद्यार्थीहरु अध्ययनरत छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved