वित्तीय साक्षरता तालिम सञ्चालन गर्दै राष्ट्र बैंक, कसरी दिने आवेदन ?

नेपालभ्युज

वित्तीय साक्षरता तालिम सञ्चालन गर्दै राष्ट्र बैंक, कसरी दिने आवेदन ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई वित्तीय क्षेत्रमा समावेश गर्दै लैजाने  उद्देश्यसहित वित्तीय साक्षरताको तालिम ‘ट्रेनिङ अफ ट्रेनर्स’ सञ्चालन गर्ने भएको छ । एक सूचना जारी गर्दै बैंकले सर्वसाधारणको वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त तालिम सञ्चालन गर्न लागेको जनाएको हो ।

वित्तीय साक्षरता तालिम ‘ट्रेनिङ अफ ट्रेनर्स’ मार्फत २५ जना वित्तीय साक्षर प्रशिक्षक तयार पार्ने बैंकको उद्देश्य छ । तालिम अवधिमा कुनैपनि भत्ता तथा आवास प्रदान नगरिने बैंकले जनाएको छ ।

बैंकका अनुसार तालिममार्फत वित्तीय साक्षरताको क्षेत्रमा क्रियाशील व्यक्तिहरुलाई तालिमसम्बन्धी सैद्धान्तिक ज्ञान तथा सीप प्रदान गरी प्रशिक्षकको रुपमा तयार पारी रोस्टर गरिनेछ ।

वित्तीय साक्षर प्रशिक्षक तयार पार्ने उद्देश्यसहित सञ्चालन गर्न लागिएको तालिम ‘ट्रेनिङ अफ ट्रेनर्स’ २०८० असोज २१ गतेदेखि २६ गतेसम्म बैंकर्स प्रशिक्षण केन्द्र बोडे, भक्तपूरमा हुनेछ ।

तालिममा सहभागी हुन नेपाल राष्ट्र बैंकको वेभसाइट https://www.nrb.org.np/department.ficpd मा गएर त्यहाँ उपलब्ध आवेदन फारम भरी अनलाइन दर्ता गर्नुपर्दछ ।

फारम भर्ने अन्तिम मिति २०८० भदौ २१ गतेसम्म मात्र रहने बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved