महिला विश्वकप : अस्ट्रेलियालाई हराउँदै इङ्ल्यान्ड फाइनलमा

नेपालभ्युज

महिला विश्वकप : अस्ट्रेलियालाई हराउँदै इङ्ल्यान्ड फाइनलमा
तस्वीर स्रोतः फिफा वुमन्स वल्र्ड कप/फेसबुक

काठमाडौं। इङ्ल्यान्ड फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।

स्टेडियम अस्ट्रेलियामा बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा इङ्ल्यान्डले अस्ट्रेलियालाई ३–१ गोलअन्तरले पराजित गरेको हो। यससँगै इङ्ल्यान्ड पहिलोपटक फाइनलमा पुगेको हो।

इङ्ल्यान्डको लागि एला टुन, लरेन हेम्प र एलेसिया रुसोले गोल गरे। अस्ट्रेलियाको लागि भने सैम केरले गोल फर्काइन्।

खेलको ३६औँ मिनेटमा टुनले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाए। ६३औँ मिनेटमा केरले अस्ट्रेलियाको लागि गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पुर्‍याइन्। ७१औँ मिनेटमा हेम्पले इङ्ल्यान्डको लागि दोस्रो गोल गरिन्। ८६औँ मिनेटमा रुसोले इङ्ल्यान्डको लागि तेस्रो गोल गरिन्।

यससँगै आइतबार हुने फाइनल खेलमा स्पेन र इङ्ल्यान्ड आमने-सामने हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved