महिला विश्वकप फुटबलको दोस्रो सेमिफाइलनमा इंग्ल्यान्ड र अष्ट्रेलिया खेल्दै

नेपालभ्युज

महिला विश्वकप फुटबलको दोस्रो सेमिफाइलनमा इंग्ल्यान्ड र अष्ट्रेलिया खेल्दै

काठमाडौं । फिफा महिला विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा आज इंग्ल्यान्ड र अष्ट्रेलिया खेल्दैछन् ।

आयोजक टोली अस्ट्रेलिया र इंग्ल्यान्डबीचको खेल सिड्नीमा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुनेछ । क्वाटरफाइनलमा अस्ट्रेलियाले फ्रान्स तथा इंग्ल्यान्डले कोलम्बियालाई हराएको थियो ।

आजको विजेता टोलीले उपाधिका लागि स्पेनसँग खेल्नेछ । मंगलबार भएको पहिलो सेमिफाइनलमा स्वीडेनलाई हराउँदै स्पेन उपाधि नजिक पुगेको छ । स्पेन पहिलो पटक फाइनलमा पुगेको हो ।

फाइनल खेल आउँदो आइतवार हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved