फिफा महिला विश्वकपः

स्विडेनलाई हराउँदै स्पेन फाइनलमा

नेपालभ्युज

स्विडेनलाई हराउँदै स्पेन फाइनलमा
तस्वीरः फिफा वुमन्स वल्र्ड कप/फेसबुक

काठमाडौं। स्पेन फिफा महिला वर्ल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। इडेन पार्कमा मङ्गलबार भएको सेमिफाइनल खेलमा स्पेनले स्विडेनलाई २–१ गोलअन्तरले पराजित गरेको हो। यससँगै स्पेन पहिलोपटक फाइनलमा पुगेको छ।

स्पेनको लागि साल्मा पोरेलु र ओल्गा कार्मोनाले गोल गरे। स्विडेनको लागि भने ब्लोभिस्टले गोल फर्काइन्। खेलको ८१औँ मिनेटमा गोल गर्दै पोरेलुले स्पेनलाई अग्रता दिलाइन्। ८८औँ मिनेटमा ब्लोभिस्टले स्विडेनको लागि गोल गर्दै खेलललाई १–१ को बराबरीमा पुर्‍याइन्। ९०औँ मिनेटमा कार्मोनाले स्पेनको लागि दोस्रो गोल गरिन्।

बुधबार हुने दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया र इङ्ल्यान्ड-आमने सामने हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved