काठमाडौं । एसिया कप क्रिकेटका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरिएको छ । प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो ।
एसिया कप क्रिकेट पाकिस्तान र श्रीलंकामा अगस्ट ३० देखि सेप्टेम्बर १७ (भदौँ १३ देखि ३१) सम्म आयोजना हुनेछ। नेपाल भारत र पाकिस्तान रहेको समूह एमा छ । नेपालले पहिलो खेल पाकिस्तानसँग उसकै मैदान मुल्तानमा अगष्ट ३१ मा खेल्नेछ ।
बलात्कार मुद्दाका कारण खेल्न जान पाउने/नपाउनेबारे अन्योलमा रहेका सन्दीप लामिछाने पनि टोलीमा परेका छन् । टोलीमा सबैजसो पुरानै अनुहार छन् ।
प्रतियोगिताको लागि नेपाली टोलीले पाकिस्तानमा एक हप्ता तयारी क्याम्प गर्ने क्यानले जनाएको छ। क्याम्पमा टोलीले प्रशिक्षणको साथै पाकिस्तान क्रिकेट बोर्डले तोकेका टोलीसँग अभ्यास खेल पनि खेल्ने छ।
नेपाली टोली
रोहित पौडेल (कप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, करण केसी, ललित राजबंशी, कुशल मल्ल, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आरिफ शेख, आसिफ शेख, सोमपाल कामी, किशोर महतो, प्रतिस जिसी, सन्दिप जोरा, अर्जुन साउद र श्याम ढकाल ।
Facebook Comment
Comment