नेप्सेमा झिनो अङ्कको गिरावट

नेपालभ्युज

नेप्सेमा झिनो अङ्कको गिरावट

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको गिरावट देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक तीन दशमलव ६१ अङ्कले घटेर दुई हजार ७७ दशमलव २४ अङ्क कायम भएको छ ।

आज विभिन्न कम्पनीका ५४ लाख १७ हजार ९२८ कित्ता सेयर  रु. दुई अर्ब नौ करोड १३ लाख ९० हजार ६३८ मा कारोबार भएका छन् । यस दिनको कारोबारमा बैंक, विकास बैंक, म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ, माइक्रोफाइनान्स र म्युचुअल फन्डको उपसमूहमा हरियाली देखिएको छ भने फाइनान्स, होटल तथा टुरिजम, हाइड्रोपावर, इन्भेष्टमेन्ट, लाइफ इन्स्योरेन्स, नन् लाइफ इन्स्योरेन्स, ट्रेडिङ अन्य उपसमूहमा भने रातो देखिएको छ । आज ६८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १४५ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ११ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

आज थ्री स्टार हाइड्रोपावर लिमिटेड कम्पनीको सेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेको छ भने अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडको नौ दशमलव ९७ प्रतिशत, सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सात दशमलव ४४ प्रतिशत, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँच दशमलव ९० प्रतिशत र इमर्जिङ नेपाल लिमिटेडको सेयर मूल्य पाँच दशमलव ११ प्रतिशतले बढेको छ ।

साथै, सबैभन्दा धेरै सेयर मूल्य घट्ने कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड छ । कम्पनीको सेयर मूल्य ६ दशमलव ४६ प्रतिशतले घटेको छ । साथै बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको चार दशमलव ८० प्रतिशत, हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडको चार दशमलव २९ प्रतिशत, शुभम् पावर लिमिटेडको तीन दशमलव ७२ प्रतिशत र सानिमा ग्रोथ फन्डको सेयर मूल्य तीन दशमलव ६९ प्रतिशतले घटेको छ ।

आजको कारोबारपछि बजार पुँजीकरण रु ३१ खर्ब १० अर्ब ५९ करोड ५३ लाख ४१ हजार ३४ दशमलव आठ पैसा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved