सामसङ नेपालले गर्‍यो ग्यालेक्सी जेड फ्लिप-५ र ग्यालेक्सी जेड फोल्ड-५ सार्वजनिक

नेपालभ्युज

सामसङ नेपालले गर्‍यो ग्यालेक्सी जेड फ्लिप-५ र ग्यालेक्सी जेड फोल्ड-५ सार्वजनिक

काठमाडौं। सामसङ नेपालले पाँचौं जेनेरेसनका रूपमा ग्यालेक्सी जेड फ्लिप-५ र ग्यालेक्सी जेड फोल्ड-५  सार्वजनिक गरेको छ । यी फोनमा प्रयोगकर्ताले स्लिक र कम्प्याक्ट डिजाइन, अनगन्ती अप्सन र शक्तिशाली पर्फमेन्सका साथ उत्कृष्ट अनुभव पाउने कम्पनीले जनाएको छ ।

बजारमा ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ प्रि–अर्डरसँगै ग्राहकले प्रि–गिफ्ट पनि प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ । ग्यालेक्सी जेड फ्लिपको मूल्य ८+२५६ जीबीको मोडलका लागि १ लाख ३९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको कम्पनीले बताएको छ ।

ग्राहकले प्रि–अर्डरका दुई गिफ्टमा २४ इन्चको सामसङ मोनिटर वा सामसङ ए ७ लाइट एलटीई (३+३२ जीबी) मध्ये कुनै एक रोज्न सक्ने पनि कम्पनीले जनाएको छ ।

ग्यालेक्सी जेड फोल्ड ५ (१२+२५६ जीबी) को मूल्य भने २ लाख २६ हजार ९ सय ९९ तोकिएको कम्पनीले जनाएको छ । यसको प्रि–अर्डरमा २४ इन्चको सामसङ मोनिटर वा ४० हजार रुपैयाँ थपेर ४७ एमएमको ग्यालेक्सी वाच ६ क्लासिक प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved