ई-सेवाले आईपीओ जारी गर्ने, राष्ट्र बैंकले दियो पब्लिक कम्पनीको अनुमति

नेपालभ्युज

ई-सेवाले आईपीओ जारी गर्ने, राष्ट्र बैंकले दियो पब्लिक कम्पनीको अनुमति

काठमाडौं।  वालेट सेवा प्रदायक कम्पनी ई-सेवाले आईपीओ जारी गर्ने तयारी गरेको छ ।

कम्पनीले प्रिमियममा आइपीओ निष्काशन निकाल्ने तयारी गरिरहेको हो । ई सेवाले हालैमात्र पब्लिक कम्पनी हुने अनुमति पाएको छ । नियामक नेपाल राष्ट्र बैंकले ई-सेवालाई प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण हुने अनुमति दिएको हो ।

ई-सेवाले दुई महिनाअघि पब्लिक कम्पनीमा रुपान्तरण हुने भन्दै राष्ट्र बैंकमा आवेदन दिएको थियो ।

ई-सेवाले पब्लिक कम्पनीमा रुपान्तरण हुन माग गर्दै राष्ट्र बैंकमा बुझाएको विवरणमा दर्जन मुख्य सेयरधनी रहेको उल्लेख गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved