२ गोल गर्दै चम्किए रोनाल्डो, अल नासर बन्यो अरब क्लब च्याम्पियन

नियमित समयमा खेल १-१ गोलको बराबरीमा रह्यो । तर ९८औं मिनेटमा रोनाल्डोले गोल गर्दै अल नासरलाई च्याम्पियन बनाए ।

नेपालभ्युज

२ गोल गर्दै चम्किए रोनाल्डो, अल नासर बन्यो अरब क्लब च्याम्पियन

एजेन्सी । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो आवद्ध साउदी अरबको अल नासरले अरब क्लब च्याम्पियन्स कप २०२३ को उपाधि जितेको छ ।

गएराति साउदीकै अल हिलाललाई अतिरिक्त समयमा २–१  गोलले हराउँदै नासर च्याम्पियन बनेको हो । अल नासरको लागि दुवै गोल रोनाल्डोले गरे ।

किङ फाद स्टेडियममा खेलको ५१औं मिनेटमा अल हिलालका माइकलले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।

७१औं मिनेटमा अब्दुल्लाह अल एम्री सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि अल नासर १० खेलाडीमा सिमित भयो । तर, १० खेलाडीमा समेटिएको अल नासरका लागि ७४औ मिनेटमा रोनाल्डोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

७८औं मिनेटमा अल नासरका अल बोउसेलले पनि रातो कार्ड खाँदै बाहिरिएपछि उ थप समस्यामा थियो  । नियमित समयमा खेल १-१ गोलको बराबरीमा रह्यो । तर ९८औं मिनेटमा रोनाल्डोले गोल गर्दै अल नासरलाई च्याम्पियन बनाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved