भैरहवा उडेको बुद्ध एअरको जहाजमा समस्या, बीचबाटै फर्काएर काठमाडौंमै अवतरण

नेपालभ्युज

भैरहवा उडेको बुद्ध एअरको जहाजमा समस्या, बीचबाटै फर्काएर काठमाडौंमै अवतरण
फाइल तश्वीर

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट भैरहवा उडेको बुद्ध एअरको जहाजमा समस्या देखिएपछि बीच बाटोबाटै फर्किएको छ।

बुद्धको एटीआर-७२ मोडेलको उक्त जहाजमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन विमानास्थलमै फर्काएर सफल अवतरण गरिएको छ।

जहाजमा सवार यात्रुहरुलाई अर्को विमानमा राखेर भैरहवा पठाउने तयारी छ। समस्या आएको सो जहाजलाई प्राविधिक टिमले चेक जाँच गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved