बोल्न नपाएकोमा चित्त दुखाइन् उपसभामुखले

सुशासनको नारामा कुशासन भइरहेको तर्क

नेपालभ्युज

बोल्न नपाएकोमा चित्त दुखाइन् उपसभामुखले

काठमाडौं । उपसभामुख इन्दिरा रानाले आफूलाई बोल्न नदिइएको भन्दै गुनासो गरेकी छिन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै रानाले उपसभामुखलाई चुप बस्न बाध्य पारिएको भन्दै गुनासो गरेकी हुन् ।

रानाले ‘उपसभामुखले चुप लाग्नुपर्छ भनेर संविधानमा कहाँ लेखेको छ ? मलाई जनजातिको छोरी भएको कारण बोल्न नदिएको हो ?’ भन्दै प्रश्नसमेत गरिन् ।

‘हिजो कति दिनपछि संसद खुल्यो, अब उपसभामुखले यो बोल्नु हुँदैन रे, जहिले पनि मलाई ‘उप–चुप’ भन्ने !’ उनले भनिन्, ‘संविधानमा उप–चुप भनेर कहाँ लेखिएको छ ?’

उपसभामुख रानाले देशमा अहिले सुशासनको नाराभित्र कुशासन भइरहेको बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved