तेस्रो टी-२० मा भारतले वेस्ट इन्डिजलाई ७ विकेटले हरायो

नेपालभ्युज

तेस्रो टी-२० मा भारतले वेस्ट इन्डिजलाई ७ विकेटले हरायो

एजेन्सी । तेस्रो टी-२० मा भारतले  घरेलु टोली वेस्ट इन्डिजलाई ७ विकेटले हराएको छ ।

गएराति भएको खेलमा जितका लागि पाएको १ सय ६० रनको लक्ष्य  भारतले १७ ओभर ५ बलमा ३ विकेट गुमाएर भेट्टायो ।

भारतका सूर्यकुमार यादवले सर्वाधिक ८३ रन बनाए । तिलक बर्मा ४९ र हार्दिक पान्ड्या २० रनमा रनमा नटआउट रहे । वेस्ट इन्डिजका अल्जारी जोशेफले दुई तथा ओबेद म्याककोयले एक विकेट लिए ।

त्यसअघि गयानामा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो ।

उसका कप्तान रोभम्यान पावेल ४० रनमा नटआउट रहे । ब्रेन्डन किंगले ४२ रन जोडे । भारतका कुलदीप यादवले ३ विकेट लिए ।

पाँच खेलको शृङ्खलामा भारत २-१ ले पछि रहेको छ ।  चौथो खेल शनिवार र पाँचौँ तथा अन्तिम खेल आइतवार हुनेछ ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved