फिफा महिला विश्वकप

मोरक्कोलाई हराउँदै फ्रान्स क्वाटरफाइनलमा

नेपालभ्युज

मोरक्कोलाई हराउँदै फ्रान्स क्वाटरफाइनलमा
तस्वीर स्रोतः फिफा वुमन्स वर्ल्ड कप/फेसबुक

काठमाडौं। फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ।

हिन्दमार्स स्टेडियममा मङ्गलबार भएको खेलमा फ्रान्सले मोरक्कोलाई ४–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो।

फ्रान्सको लागि युजेनी ले सोमेर र काडियाटोउ डिएनी र केन्जा डालीले गोल गरे। खेलको १५ औँ मिनेटमा डिएनीले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाइन्। २० औँ मिनेटमा डालीले फ्रान्सको लागि दोस्रो गोल गरिन्।

२३ औँ मिनेटमा सोमरले फ्रान्सको लागि तेस्रो गोल गरिन्। सोमरले ७० औँ मिनेटमा फ्रान्सको लागि चौथो गोल गरिन्। यो उनको व्यक्तिगत दोस्रो गोल थियो।

यससँगै शनिबार हुने क्वाटरफाइनल खेलमा फ्रान्सले अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved