राष्ट्र बैंकलाई ५ रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्ने स्वीकृत

नेपालभ्युज

राष्ट्र बैंकलाई ५ रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्ने स्वीकृत

काठमाडौं । नेपाल सरकारले ५ रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्ने नेपाल राष्ट्र बैंकलाई स्वीकृत दिएको छ ।

मंगलवार बसेको मन्त्रीपरिषद्को बैठक पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा प्रवक्ता रेखा शर्माले नेपाल राष्ट्र बैंकलाई ५ रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्न स्वीकृत दिइएको  जानकारी दिएका हुन् ।

उनले अर्थमन्त्रालयको प्रस्तावमा मन्त्री परिषद्ले उक्त स्वीकृत दिएको बताए । उनले मन्त्रीपरिषद्ले साईवर सुरक्षा नीति पनि स्वीकृत गरेको बताए ।

उनले भने,‘अर्थमन्त्रालयको प्रस्तावमा  ५ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृत दिने निर्णय भएको छ । साईवर सुरक्षा नीति स्वीकृत भएको छ । बैंकिङ कसुर तथा सजाय सम्बन्धि विधेयक संसदमा पेश गर्न स्वीकृत दिइएको छ ।’

उनले बैंकिङ कसुर तथा सजाय सम्बन्धि विधेयक संसदमा पेश गर्न पनि मन्त्री परिषद्ले स्वीकृत दिइएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved