एएफसी कप प्रारम्भिक छनोटको पहिलो हाफमा पारोमाथि मछिन्द्रको अग्रता

नेपालभ्युज

एएफसी कप प्रारम्भिक छनोटको पहिलो हाफमा पारोमाथि मछिन्द्रको अग्रता

काठमाडौं। एएफसी कपको प्रारम्भिक छनोटमा नेपालको मछिन्द्र फुटबल क्लब र भुटानको पारो एफसीबीचको पहिलो हाफमा नेपाली टोलीले अग्रता लिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा मछिन्द्रले पारोमाथि ३–१ गोलअन्तरले अग्रता लिएको हो।

मछिन्द्रको लागि विमल घर्ती,आयुष घलान र ओलावाले अफिजले गोल गरे। पारोले भने १ गोल उपहारस्वरूप पाएको थियो।

खेलको सातौं मिनेटमा मछिन्द्रका किपर विशाल श्रेष्ठले आत्मघाती गोल गर्दा पारोले अग्रता लिएको थियो।

११औँ मिनेटमा आयुषको असिस्टमा विमलले गोल गर्दै खेललाई बराबरीमा पुर्याए। १५औँ मिनेटमा विमलको असिस्टमा आयुषले दोस्रो गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए। ३९औँ मिनेटमा अफिजले मछिन्द्रको लागि हेडरमार्फत तेस्रो गोल गरे।

खेलको विजेताले छनोटको दोस्रो चरणमा भारतको मोहन बगान सुपर जायन्टसँग प्रतिस्पर्धा गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved