फिफा महिला विश्वकप

नाइजेरियालाई हराउँदै इङ्ल्यान्ड क्वार्टरफाइनलमा

नेपालभ्युज

नाइजेरियालाई हराउँदै इङ्ल्यान्ड क्वार्टरफाइनलमा
तस्वीर स्रोतः फिफा वुमन्स वर्ल्ड कप /फेसबुक

काठमाडौं। फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा इङ्ल्यान्ड क्वार्टरफाइनलमा पुगेको छ।

बिस्बेन स्टेडियममा सोमबार भएको खेलमा इङ्ल्यान्डले नाइजेरियालाई टाइब्रेकरमा ४–२ ले पराजित गरेको हो।

निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा पनि खेल गोलरहित बराबरीमा सकिएपश्चात् नतिजाको लागि टाइब्रेकर रोजिएको थियो।

खेलको ८७औँ मिनेटमा लाउरेन जेम्सले रातो कार्ड पाएसँगै इङ्ल्यान्ड १० खेलाडीमा सीमित भयो। तथापि, नाइजेरियालाई गोल गर्नबाट रोक्दै इङ्ल्यान्डले पेनाल्टीमा बाजी मार्‍यो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved