दुबईबाट इराक जान लागेको विमानबाट निस्कियो भालु ! घटनाको छानबिन हुँदै

दुबईबाट इराक जान लागेको एक एयरलाइन्सको कार्गोबाट एउटा भालु निस्किएको छ। भालु निस्किएपछि विमानस्थलमा खैलाबैला मच्चिएको छ।

नेपालभ्युज

दुबईबाट इराक जान लागेको विमानबाट निस्कियो भालु ! घटनाको छानबिन हुँदै

काठमाडौं। दुबईबाट इराक जान लागेको एक एयरलाइन्सको कार्गोबाट एउटा भालु निस्किएको छ। भालु निस्किएपछि विमानस्थलमा खैलाबैला मच्चिएको छ।

उडान भर्नु ठिक अघि विमानबाट निस्किएको थियो। जसकारण विमानको उडान समयमा हुन सकेन।

घटना शुक्रबारको हो। इराकका प्रधानमन्त्रीले घटनाको छानबिन गर्न आदेश दिएका छन्। यस्तै, इराकको एयरलाइन्सले यसमा आफ्नो केही गल्ती नभएको प्रस्ट पारेको छ।

भालु विमानको कार्गोबाट कसरी निस्कियो भन्नेबारे आफूलाई थाहा नभएको इराकको एयरलाइन्सले बताएको छ।

इराक एयरवेजका अनुसार भालुलाई दुबईबाट बगदाद लैजान लागिएको थियो। भालुलाई ट्रान्सपोर्ट गर्नका लागि इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसनका सबै मापदण्ड पालना गरेको एयरलाइनले बताएको छ।

भालुलाई विमानबाट निकाल्दा सबै यात्रीलाई ओरालियो। सोसल मिडियामा भाइरल भाइरल भएको भिडियोमा केही मानिसले भालुलाई पुनः कार्गोमा हालिरहेको देख्न सकिन्छ। घटनामा कुनै यात्रीलाई चोट पुगेन।

दुबई विश्वकै सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय विमानस्थलमध्ये एक हो। यसबारे दुबई विमानस्थलले कुनै पनि जानकारी दिन अस्वीकार गरेको छ। यइराकमा धनाढ्यहरुले भालु पाल्ने प्रचलन बढ्दो छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved